रुसी राष्ट्रपतिलाई मनपर्ने खानाः अभद्र कुकुरको मासु

रुसी राष्ट्रपतिलाई मनपर्ने खानाः अभद्र कुकुरको मासु

१० मंसिर (काठमाण्डौं)
विश्वका शक्तिशाली व्यक्तिहरु मध्ये सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि एक हुन् । विश्वका शक्तिशाली ब्यक्तिहरुले के–के खान्छन् भनेर प्रायः सबै आम नागरिकलाई चासो लाग्छ ।
सन् २००० देखि हालसम्म सत्ताको बागडोर सम्हालेका पुटिनको जीवनशैली भने अरुको जस्तो सामान्य र परम्परागत छैन । खानामा भ्लादिमिरको अचम्मको बानी छ । पुटिन अरुजस्तो बिहान नै उठेर तयार हुने खालका राष्ट्रपति होइनन् । उनी दिउँसो मध्याहृन अघि उठ्छन् र अरुले लन्च लिने बेलामा बिहानको खाजा खान्छन् । बिहानको खाजामा उनी सामान्यतया ठूलो अम्लेट ठूलै भाँडोमा हालेर खान रुचाउँछन् । जसमा अण्डाको साथमा फलफूलको रस पनि मिसाउनु पर्छ । उनी आफैं एकचोटी आफ्नो खाना सिध्याइसकेपछि उनी कफी पिउने गर्छन् । बिहानको खानापछि उनको दैनिकी व्यायामसँगै सुरु हुन्छ ।
अझ पुटिनको अचम्मको बानी के छ भने, शहरभरीमा अभद्र व्यवहार गर्ने कुकुरहरुलाई उनी देखि सहँदैनन् । त्यस्ता कुकुरको मासु र कोयलको अण्डा अत्यधिक रुचाउने गर्छन् । एजेन्सी