रुज्दै भिज्दै सीमामा
सुदीप थापा, १७ जेठ (धनगढी)
भारतका विभिन्न ठाउँबाट आएर गौरिफन्टामा पुगेकाहरु बर्षाका कारण भिजेका छन् । उनीहरुलाई ओत लाग्नेसमते ठाउँ नभएर समस्या भएको छ । शनिबार विहानसम्म पानीमा रुज्दै भिज्दै ५३२ जना गौरिफन्टा सीमा नाकामबाट भित्रिएका छन् । जेठ २ गतेदेखि सीमा खुला गरिएको हो । त्यसयता शुक्रबारसम्म ३१ हजार ६ सय ४ जना सुदूरपश्चिमका बासिन्दाहरु रहेका छन् ।