राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
२५ फागुन, काठमाडौं ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेलले निर्वाचित हुनु भएको हो।पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएको हो। उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गर्नु भएको थियो।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत प्राप्त गर्नु भएको थियो।
अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार प्राप्त गर्नु भएको थियो। उहाँले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको प्राप्त गर्नु भएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गर्नु भएको थियो ।
