राज्यमन्त्रीद्धारा राजीनामा
२४ कार्तिक (धनगढी)
आर्थिक अनियमितताको आरोप लागेपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आइतबार पदबाट राजीनामा दिएका छन् ।
रावलविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ। साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेकोछ । उनले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको प्रतिक्रिया दिए ।