राजतन्त्र फाल्नेहरुनै ‘राजा आउ देश बचाउ’ प्रर्दशनमा
धनगढी, ४ मंसिर/ राजा फालेर संघिय गणतन्त्र स्थापन गर्न २०६२/०६३ जनआन्दोलन गर्ने प्रमुख राजनितिक पार्टीका कार्यक्रर्ताहरु अहिले ‘राजा आउ, देश बचाउ’ भन्दै प्रर्दशन गर्न थालेका छन् ।
देशका प्रमुख राजनितिक पार्टीभित्र आन्तरीक विवाद र सत्ताको खिचातानी चलीरहेको बेला राजा फाल्न आन्दोलनका सहभागी भएका कार्यकर्ताहरुनै राजतन्त्र स्थापनको माग गर्दै पर्दशन गर्न थालेका छन् ।
बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दु राष्ट्र पुर्नस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा आयोजना गरेको बृहत मोटरसाईकल ¥यालीमा अधिकाशं कम्युनिष्ट र कांग्रेसका कार्यक्रर्ता सहभागी रहेका थिए ।
‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो शान, प्राण भन्दा प्यारो छ’ भन्दै गरिएको बृहत पर्दशनमा युवाहरुले बृहत मोटरसाईकल ¥याली निकालेका हुन । धनगढीबाट निष्केकोे ¥याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको थियो ।
हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको आयोजकले बताएको छ । अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको समाजका संयोजक रवीन्द्र कार्कीले बताए ।
धनगढीदेखि अत्तरियासम्म गरिएको प्रदर्शनमा एक सय भन्दाबढी चार पांग्रे सवारी साधनसहित तीन हजार मोटरसाईकलको सहभागी भएका थिए । उक्त प्रर्दशनमा हिजो राजा फाल्ने प्रमुख राजनितिक पार्टीका कार्यक्रर्ताहरुको सहभागीताले राजनितिप्रतीको वितृष्णा बढ्दै गएको र युवाहरुको राजनितिप्रति रुचि घट्दै गएको राजनितिक विश्लेषकहरुको भनाई छ ।