रकम असुल्ने ७ जना पक्राउ

रकम असुल्ने ७ जना पक्राउ

३० असोज (धनगढी)
प्रहरी नियन्त्रणमा रहेकाहरुलाई छुटाइ दिएको भन्दै पैसा असुल्ने सात जनाको समूहलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको छ ।
सोमबार धनगढी मिलनचोकमा २ जनाले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइरहेको माछा बरामद गर्नुका साथै संलग्नहरुलाई पक्राउ गरेको थियो । प्रहरीले मंगलवार अवैध ओसारपसारमा संलग्नहरुलाई यस किसिमका गतिविधि नगर्ने शर्तमा आफन्तको जिम्मा लगाएर छाडेको थियो । त्यही प्रकरणमा उनीहरुबाट रकम असुल्ने गुड्डु सिंह भन्ने सुमित सिंह, विनोद शर्मा, सुमन शर्मा, बब्लु राइन भन्ने हरिष कवाडी, काले भन्ने हाइदर अलि, अकबर आलि, मोहम्मद अलिलाई पक्राउ गरिएको हो । उनीहरुले एक लाख असुलेको डिएसपी दक्षकुमार बस्नेतले जनाएका छन् ।