‘यौन हिंसाको सिकार भएँ’-पूर्व मिस नेपाल
पूर्व मिस नेपाल शृंखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन् । महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नुपरेको यौन हिंसाबारे बोलेकी हुन् ।
महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्। बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लाग्यो,’ उनले भनिन्,‘महिलाहरु कतैपनि सुरक्षित छैनन् ।’
सामाजिक सञ्जालमा सक्रिय पूर्व्मिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँछिन्। ‘मलाई परिवारले छोरा र छोरीबीचको भेदभावको महसुस गर्न दिएन्। तर, हाम्रो समाजमा छोरा र छोरीमा हुने भेदभावले यौन हिंसालाई प्राथमिकता दिने गरेको छ ।’