यी हुन् एमाले (समाजवादी) का सुदूरपश्चिमका सात केन्द्रीय सदस्य
कैलाली । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।माधव कुमार नेपालसहितका नेताहरूले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।जसमा सुदूरपश्चिम प्रदेशका सात जना रहेका छन् । नेपाल समूहमै रहेका भीम रावलले अन्तिम समयमा नेपाललाई साथ नदिएपछि केन्द्रीय सदस्यमा प्रदेशबाट सात जना मात्रै परेका हुन् ।मदन कुमारी शाह गरिमा,निरादेबी जैरु,प्रेम बहादुर आले,भानुभक्त जैसी उर्वादत्त पन्त, माया भट्ट र पूर्णा जोशी केन्द्रीय समितिमा छन् ।