म्यानचेस्टर युनाइटेडको जित

म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै युनाइटेड अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।
नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए भने रक्षक भारेनले ७२ औं मिनेटमा गोल गरेका थिए ।
युनाइेटडले सिजनका अन्तिम २ खेल खेल्न बाँकी छ । आउने शनिबार टोलीले ब्राइट एन्ड होभ अल्बियोनसँग प्रतिस्पर्धा गर्नेछ । १४ औं स्थानमा रहेको ब्रेन्टफोडको रेलिगेसन जोनमा रहेको टोलीको भन्दा ८ अंक बढी छ ।