मैत्रीपूर्ण फुटसलमा खप्तड विजयी

मैत्रीपूर्ण फुटसलमा खप्तड विजयी

सुदीप थापा, ८ पुस (धनगढी)
नेपाल पर्यटन भ्रमण वर्ष २०२० को प्रचार प्रसारको उद्देश्यले धनगढीमा पत्रकारहरुबीच भएको फुटसलमा टीम खप्तड विजयी भएको छ । सोमबार राती पर्यटकीय स्थल खप्तड र शुक्लाफाँटाका नाममा दुई टीम बनाएर खेलमा धनगढीका पत्रकारहरुले फुटसल खेलेका थिए ।
उक्त मैत्रीपुर्ण खेलमा टीम खप्तडले शुक्लाफाँटालाई ११ गोल अन्तरले हराएको हो । टीम खप्तडका महेन्द्र बमले ८ गोल गेका थिए । पहिलो हाफमा ६–५ को गोलअन्तर रहेपनि टीम खप्तडले दोस्रो हापमा राम्रो प्रदर्शन गरेको थियो ।
टीम शुँक्लाफाटाका पुष्कर पौडेलले २ गोल गरे । पत्रकार शिबराज भट्टले पनि एक गोल गरेका हुन् । खेलका क्रममा शुक्लाफाँटाका गोविन्द रोस्यारा घाइते भएका थिए । टीम खप्तडका दिलबहादुर छत्यालले पनि ३ गोल गरेका थिए भने खेम मिश्रले ५ गोल गरे ।
मैत्रीपूर्ण खेललाई धनगढीको माया मेट्रो अस्पतालले प्रायोजन गरेको हो फुटसल प्रतियोगितको उद्देश्य सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचार रहेको प्रमुख अथिति, माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए ।