मुशर्रफको शवलाई तीन दिन चोकमा झुण्ड्याउनु- अदालत
४ पुस (काठमाडौं)
पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्ड दिने लाहोर हाइकोर्टको फैसलाको पूर्णपाठमा विचित्रका कुराहरू उल्लेख गरिएका छन् ।
बिहीवार सार्वजनिक गरिएको पूर्णपाठमा यदि मुशर्रफको मृत्युदण्ड पहिल्यै कुनै कारणले मृत्यु भयो भने उनको शवलाई इस्लामावादको सेन्ट्रल स्क्वायरमा तीन दिनसम्म झुण्ड्याउने आदेश उल्लेख गरिएको छ ।
अदालतको तीन सदस्यीय इजलासको बहुमतले मुशर्रफलाई मृत्युदण्ड दिने फैसला गरेको हो । ७६ वर्षीय मुशर्रफमाथि ६ वर्षसम्म चलेको मुद्दाको अन्तिम फैसलाका रूपमा उनलाई मृत्युदण्ड दिइएको हो ।
मंगलवार उनलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजायँ सुनाइएको थियो । बिहीवार सार्वजनिक गरिएको १ सय ६७ पृष्ठको पूर्णपाठमा फैसलाको बारेमा लेखिएको छ ।
’हामी कानून कार्यान्वयन एजेन्सीलाई निर्देशन दिन्छौं कि दोषीलाई गिरफ्तार गर्नका लागि पूरै शक्ति परिचालन गरियोस र कानूनले निर्देशन दिएअनुसार सजायँ दिइयोस,’ अदालतले जारी गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ, ’यदि उनी फैसला कार्यान्वयन हुनु अघि नै मृत भेटिए भने इस्लामावादको ’डेमोक्रेसी चोक’मा घिसारेर ल्याएर ३ दिनसम्म झुण्ड्याइयोस ।’
अदालतको फैसला आएपछि मुशर्रफको पार्टीले जारी गेरको एक भिडियोमा प्रतिवादीलाई आफ्नो कुरा राख्न नदिइकन फैसला गर्ने प्रचलन कहीं नभएको बताइएको छ ।
’यस्तो प्रकारको फैसलाको कुनै उदाहरण छैन, जहाँ प्रतिवादीलाई आफ्नो कुरा राख्न नदिइएको होस्’ भिडियोमा भनिएको छ ।’ मुशर्रफ उपचारका लागि सन् २०१६ देखि दुबईमा छन् । लोकान्तरबाट