मुख्यमन्त्री र प्रदेश प्रमुखहरु सिहंदरबारमा

मुख्यमन्त्री र प्रदेश प्रमुखहरु सिहंदरबारमा

२ चैत (काठमाडौँ) उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कारोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आइतबार दिउसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको समेत सहभागिता रहेको छ। प्रदेश दुईका मुख्यमन्त्री लालबावु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भने बैठकमा सहभागि छैनन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको जोखिमबाट जोगिने विषयमा छलफल भइरहेको छ ।
बैठकबाट निस्किँदै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमित भेटिएको खण्डका त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताए ।
‘कोरोना भाइरसविरुद्ध लड्नका लागि अत्यावश्यक सामग्री खरिदका लागि नियमित प्रक्रिया ढिलो भएको हुँदा त्यसलाई संशोधन गरेर आपतकालिन खरिद गरिने विषयमा छलफल भयो’, उनले भने, ‘खुला सिमाना व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ ।’