मुख्यमन्त्रीद्धारा सीमानाकामा अनुगमन
८ चैत (धनगढी)
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा शनिबार गौरिफन्टा नाकामा स्थलगत अनुगमन गरेका छन् । उनले नेपाल आवतजावत गर्ने नेपालीको अबस्था, हेल्थ डेस्कको अवस्था, कर्मचारी र सुरक्षाकर्मीको खटनपटन सम्बधमा जानकारी लिएका छन् ।
भारतमा समेत कोरोना भाइरसको संक्रमण बढेपछि गौरिफन्टा नाकाबाट घर भित्रिने नेपालीहरुको संख्या दैनिक ३ हजारसम्म पुग्ने गरेको छ । शनिबारदेखि सीमामा कडा पनि गरिएको जनाइएको छ ।