मुख्यमन्त्रीद्धारा प्रदेशसभा हलको अनुगमन

मुख्यमन्त्रीद्धारा प्रदेशसभा हलको अनुगमन

सुदीप थापा, २३ बैशाख (धनगढी)
सुदूरपश्चिम प्रदेशसभा हलको मंगलवार सभामुख अर्जुनबहादुर थापा, मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता डा. जगदीश जोशीसहितको टोलीले प्रदेशसभा भवनको निरीक्षण गरेका छन् ।
जेठको पहिलो हप्तासम्म बैठक आव्हान गर्ने सभामुख अर्जुनबहादुर थापाले बताए । त्यस्तै कोरोनाको जोखिम कम हुने गरी सांसदहरुको सुरक्षालाई ध्यानमा राख्दै बैठक संचालनमा ल्याउने तयारी सुरु गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न समाजिक दुरी करिव २ मिटर कायम गर्नु पर्ने मापदण्ड छ । बजेट अधिवेशन बोलाउनु पर्ने भएकाले सो अनुरुप सभा हल भित्र काम अगाडी बढाईको सभामुख अर्जुन बहादुर थापाले बताए । उनले सभा हल परिसरमा थप कुर्चिको व्यवस्था मिलाउने, स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने, मापदण्ड अनुरुपको दुरु कायम हुने गरी कुर्ची मिलाएको जानकारी दिए । बजेटको तयारी प्रदेश सरकारले गरी रहेको उनले जानकारी दिए ।