मुक्त हलियाका लागि घरको शिलान्यास
९ असोज (धनगढी)
कञ्चनपुरको पुनर्वास नगरलपालिकास्थित ‘ख’ गाउँमा बिहीबार खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मुक्त हलियाका लागि घरको शिलान्यास गरेकी छिन् । पुनर्वास नगरलपालिकामा रहेको सीताबस्तीको ‘ख’ गाउँमा १ विघा ७ कठ्ठामा ४२ मुक्त हलिया परिवारका लागि घर निर्माण गर्ने योजना छ । प्रति परिवार १ लाख ५७ हजार रकम पहिलो किस्तावाफत पाएका छन् । सरकारले आवासका लागि २ लाख २५ हजार दिने निर्णय गरेको छ । पहिलो किस्ता रकम पाएपछि मुक्त हलिया परिवारहरु खुसी छन् ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष ईश्वर सुनारले दोश्रो किस्ता पनि चाडै मुक्त हलियाका हातमा उपलब्ध हुने बताए । बिहीबार घरहरुको शिलान्यास गर्दै हलिया मुक्ति अभियानका अगुवा, संविभानसभा सदस्य तथा पूर्व सभाषद् हरी श्रीपाइलीले हलियाहरुको पुनःस्थापनापछि आवास निर्माण कार्य सुरु हुनु सकारात्मक पहल भएको प्रतिक्रिया दिए ।
मन्त्री बिना मगरले आवास निर्माणपछि वस्तीमा खानेपानी, स्थास्थ्य र रोजगारका लागि पहल गर्ने बताइन् ।