‘‘मानवअधिकार र सुरक्षाप्रति प्रतिवद्ध’’ सशस्त्र प्रहरी

‘‘मानवअधिकार र सुरक्षाप्रति प्रतिवद्ध’’ सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले मनायो १९औं स्थापना दिवस (फोटो फिचर)

०७ माघ (धनगढी)
सशस्त्र प्रहरी नायव महानिरीक्षक नम्बर ७ बाहिनीका बाहिनीपती गोबिन्द क्षेत्रीले सशस्त्र प्रहरी मानवअधिकारप्रति प्रतिवद्ध रहँदै सुरक्षा व्यवस्था कायम गर्न दृढ संकल्पित रहेको बताएका छन् । ‘१९औं सशस्त्र प्रहरी दिवस ०७६’ को अवसरमा सशस्त्र प्रहरी बल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाले बिहिबार आयोजना गरेको कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै बाहिनीपती क्षेत्रीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नम्बर ७ बाहिनी मुख्यालयले विभिन्न कार्यक्रमकसहित सशस्त्र प्रहरी दिवस मनाएको हो । त्यस क्रममा विभुषित अमर सशस्त्र प्रहरी कर्मचारीलाई पदक तथा सम्मान, एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने सशस्त्र प्रहरीका छोराछोरीलाई पुरस्कार, अमर सशस्त्र प्रहरीका परिवारहरुलाई सम्मान गरिएको थियो ।
त्यसक्रममा सशस्त्र प्रहरीलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान, विभिन्न खेलका विजेताहरुलाई पुरस्कार, विविभन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा घैटो फुटाउने र म्याजिकल चेयर गेमसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरीका विभिन्न गणका गणपतीहरु, गुल्मपतीहरु, बोओपी प्रमुखहरुलगायत सकल दर्जाको उपस्थिती रहेको थियो । अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरुकोसमेत उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागीताका लागि बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले धन्यवाद व्यक्ति गरेका थिए । तस्विरहरु अर्जुन शाह

शुभकामना ब्यक्त गर्दै बािहनीपती क्षेत्री