मनकारी वडा सदस्य

मनकारी वडा सदस्य

१० पुस (धनगढी)
स्थानीय तहमा जताततैं आर्थिक अनियमितता झांगिदै गएको भएपनि कतिपय स्थानीय तहमा कतिपय यस्ता पनि जनप्रतनिधि छन् जसले आफ्नो तलब भत्ता अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाका क्षेत्रमा खर्च गरेर समाज सेवा गरिरहेका छन् । यस्तै मध्येका एक कैलालीको गौरीगंगाका नगरपालिका वडा नम्बर ६ का वडा सदस्य टेक बहादुर कुँवर पनि हुन् । उनी आफ्नो तलब भत्तासमेत जनताकै सहयोगमा खर्च गर्दै आएका छन् । बुधबार कुँवरले चिसोबाट राहत पुगोस भनेर वडाका ६० जना असक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलालाई प्रति कम्बल २२ सय रुपैया पर्ने ६० वटा कम्बल वितरण गरेर उदाहरणीय कार्य गरेका छन् ।
उनले आफ्नो पछिल्लो एक वर्षको तलब भत्तामा केही रकम थपेर उनीहरूलाई कम्बल वितरण गरेको बताएका छन् । खरका टहरा मुनी बस्नुपर्ने बाध्यता र त्यसैमाथि आर्थिक अभावले ओढ्ने ओछ्याउने लत्ताकपडासमेत किन्न नसकेका वडावासीले कम्बल पाएपछि खुसी व्यक्त गरे ।
बुधबार कम्बल वितरण कार्यमा सहभागी हुनु भएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीका सभापति नरनारायण शाह मनुले वडासदस्य कुँवरले गरेको समाजसेवाको अन्य जनप्रतिनिधिले समेत अनुकरण गर्नु पर्ने बताए । वडा सदस्य कुँवरले गत वर्ष आफ्नो पहिलो वर्षको तलब भत्तामा २५ हजार रकम थपेर बनबेहडामा रहेको अमर माध्यमिक विद्यालयका विद्यार्थीको छात्रवृत्तिका लागि १ लाख २५ हजार नगद सहयोग गरेका थिए ।