भोलिदेखि अत्तरिया बजार बन्द हुने
९ चैत (अत्तरिया)
भोली सोमबारदेखि सुदूरपश्चिम प्रदेशको मुख्य प्रबेशद्धारका रुपमा रहेको अत्तरिया बजार बन्द हुने भएको छ । गोदावरी नगरपालिकाको कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले अत्तरिया बजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवत्ता शर्मानन्द भट्टले बताए । उनले अतिआवश्यक पसलहरु बाहेकका अन्य सबै व्यवसाय अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको बताए ।