भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का पनि काँग्रेसमा प्रवेश , देउवाले गरे पार्टीमा स्वागत
अभिनेता भुवन केसी , अभिनेत्री श्वेता खड्का र कलाकार रविन्द्र खड्काले पनि काँग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री देउवाले पार्टीमा स्वागत गरेका छन् ।
उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।
पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए ।