भारतको प्रख्यात टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टर पहिलो पटक धनगढीमा सोरुम

भारतको प्रख्यात टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टर पहिलो पटक धनगढीमा सोरुम

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक टाफे ग्रुपको मेसि फरगुसन कम्पनीको ट्याक्टरको सोरुमको उद्घाटन गरिएको छ । धनगढीको राजपुरमा टाफे ग्रुपको मेसि फरगुसन कम्पनीको ट्याक्टरको सुदूरपश्चिमको आधिकारिक बिक्रेता हिरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालीको बिहिवार उद्घाटन गरिएको हो । 

भारतको प्रख्यात टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टर पहिलो पटक सुदूरपश्चिममा सोरुम संचालनमा ल्याएको प्रबन्ध निर्देशक सुरज सिंहले बताए । प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, बिशिस्ट अतिथी महानायक राजेश हमाल र अन्तरास्ट्रिय सफटेनिस संघका अध्यक्ष बिनय बिक्रम शाहले उद्घाटन गरिएको प्रबन्ध निर्देशक सिंहले बताए । 

यस्तै उद्घाटन कार्यक्रममा टाफे लिमिटेडका रिजनल मेनेजर,असिस्टेन्ट एरिया मेनेजर,सिनियर इन्जिनियर लगायतको सहभागी रहेको उनले बताए  ।मेसि परगुसन ट्याक्टर कृषि र निर्माणमा अत्यधिक उपयोगी, डिजेल र समयको बचत रहेको निर्देशक सिंहले बताए ।