भरतपुर महानगरपालिकामा रेनुलाई दुई हजार मतको अग्रता
भतरपुर । भतरपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल दुई हजार मतले अगाडि छिन् । ३० हजार २५२ मत गणना गर्दा उनले ११ हजार ९० मत पाएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ९०९० मत पाएका छन् । रेनु गठबन्धनबाट मेयरमा उठेकी हुन् । यस्तै भुँइकटहर चुनाव चिन्हबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४९५८ मत पाएका छन् । उपमेयरमा गठबन्धनको कांग्रेसबाट उम्मेदावरी दिएका चित्रसेन अधिकारीले १३ हजार २४५ मत पाएका छन्।उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल गुरूङले ७३७१ मत पाएका छन्।