बेल्जियमकी राजकुमारी कैलाली आउँदै
सुदीप थापा,०३ माघ (धनगढी)
बेल्जियमकी राजकुमारी एस्ट्रिड कैलाली आउने भएकी छन् । कैलालीको गोदावरी नगरपालिका ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न यहि माघ ०६ गते राजकुमारी एस्ट्रिड, स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कैलाली आउने कार्यक्रम तय भएको सुदुरपश्चिम प्रदेशका स्वास्थ निर्देशक डा गुणराज अबस्थीले बताएका छन् ।