बाजुरा सेवा समाजमा थापा

बाजुरा सेवा समाजमा थापा

११ असोज (धनगढी)
बाजुरेली सेवा समाजको पाचौ साधारणसभाबाट अध्यक्षमा चेतबहादुर थापा निर्वाचित भएका छन् । शनिबार धनगढीमा भएको पाँचौ साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा बजिरसिंह धामी, सचिवमा रामचन्द्र जोशीअ, कोषाध्यक्षमा धुर्वबहादुर सिंह, सहसचिवम तिलकबहादुर शाह रहेका छन् । यस्तै, चेतराज रेग्मी, शारदा शाही, गगनबहादुर अयडी, चन्द्रबहादुर दमाई, राधिका जैशी र सुरेन्द्रबहादुर थापा सदस्यमा चयन भएका छन् । निर्वाचित समितिले समाजलाई सशक्त ढंगले अघि बढाउने प्रतिवद्धता गरेका छन् ।
निवर्तमान अध्यक्ष सन्तोष शर्माको अध्यक्षतामा सञ्चालन भएको साधारणसभाको उद्घाटन सत्रको प्रमुख अतिथिी हिक्मतजंग शाही रहेका थिए । उद्घाटनसभामा पूर्व अध्यक्षहरु भिमबहादुर शाह, कुलबहादुर हमाल, पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, कानुनी सल्लाहकार गंगाराम उपाध्यायले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।