बाजुरा सडकमा जोखिमै जोखिम

बाजुरा सडकमा जोखिमै जोखिम

सुदूरपश्चिम संवाददाता (बाजुरा ४ भदौ)
बाजुरा सडकमा जोखिमै जोखिमै जोखिम छ । सा“फे–मार्तडी सडकखण्ड अन्तर्गत बाजुराको अम्कोट क्ष्ँेत्रमा सडक भा“सिएपछि एक सातादेखि यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् । बुढिगंगा नदीबाट सुरु भएको पहिरोमा करिब ५ सय मिटर माथि पुगेपछि सडक भा“सिएको हो । अम्कोटबाट सदरमुकाम मार्तडी पुग्न झण्डै १४ किलोमिटर दुरी छ । पारि कैलाशमाण्डौको पैमा क्षेत्रमा गएको पहिरोले बुडिगंगा नदीलाई वारि सडक खण्डतर्फ धकेलेपछि सडक भा“सिएको हो । सडक बढीमा २ मिटर मात्र बा“की छ । त्यो पनि चिराचिरा परिसकेका छ । शनिबारसम्म जीप र मोटरसाइकल जोखिम मोलेर वारपार गरिरहेका भएपनि अलि बढी वर्षा हुने बित्तिकै पुरै सडक जाने अवस्था रहेको जीप ब्यवसायी शुभास चौधरीले बताए ।

बस र अन्य ठुला साधनहरु वारपार हुन नसक्ने अवस्था भएपछि बल्देमै रोकिने गरेका छन् । त्यहा“देखि सदरमुकाम पुग्न यात्रीहरुलाई जिपहरुले सघाइ रहेका छन् । ‘सदरमुकामसम्मको बस यातायात अवरुद्ध भएकाले सारै सास्ती भएको छ’ मार्तडीका लालबहादुर बिकले भने ‘केही दिनमै पुरै सडक भा“सिएर बुढीगंगामा मिसिने निश्चित जस्तै छ ।’ त्यस स्थानमा अल्पकालिन भएपनि अन्य बैकल्पिक मार्ग खोल्न पनि सहज छैन । सडकको भिटापट्टि जति बिस्तार गरेपनि पहिरोले भेटाउने सम्भावना रहेकोले अप्ठेरो परिरहेको बडिमालिकाका नगरप्रमुख पदम बडुवाल बताउ“छन् । ‘अलि माथितिर एउटा घर र खेती योग्य भिरालो जग्गा छ’ उनले भने ‘आपतकालिन रुपमा त्यही ठाउ“बाट अल्पकालिन ट्रयाक खोल्ने विषयमा छलफल सुरु गरेका छौं ।’ बर्खा सिजनमा जहिल्यै सा“फे–सडक पहिरोको चपेटामा परेर बिग्रनेभत्कने गरेको छ ।

सदरमुकामसम्म सञ्चालन हुने ठुला सवारी तथा ढुवानीका साधनहरु जहिल्यै ठप्प हुने गरेका ब्यवसायी प्रकाश थापा बताउ“छन् । ‘बर्खामा सधै दुख पाइन्छ’ ब्यवसायी थापाले भने ‘अहिलेकै रुटमा सा“फे–मार्तडी सडक स्थायी हुने देखिएन् ।’ वर्षायाममा सा“फे–मार्तडी सडक खण्डमा यातायातका साधन मात्रै ठप्प हुदैनन् । पैलद यात्रापनि उत्तिकै जोखिम हुने गरेको छ । जताततै माथिबाट पहिरो खसेको खस्यै हुन्छ । बल्देखेखि मार्तडीसम्मको खण्डमा अत्यधिक जोखिम रहेको छ । ‘माथिबाट पहिरो खसेको खस्यै हुन्छ’ कोल्टीका हर्क रोकायाले भने ‘पैदल हिड्न पनि उस्तै जोखिम हुन्छ ।’

द्धारीमा सडक भा“सिएकाले मार्तडीतर्फ रहेका ठुला सवारी तथा ढुवानीका साधनहरु उतै थन्किएका छन् । तत्काल अर्को ट्रयाक खोल्ने तयारीसमेत पुरा नभएकाले आफुहरु मर्कामा परेको सवारी तथा ढुवानी धनीहरुले बताएका छन् ।

बाजुरा

सडकमा जोखिमै जोखिमै जोखिम छ । सा“फे–मार्तडी सडकखण्ड अन्तर्गत बाजुराको अम्कोट क्ष्ँेत्रमा सडक भा“सिएपछि एक सातादेखि यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् । बुढिगंगा नदीबाट सुरु भएको पहिरोमा करिब ५ सय मिटर माथि पुगेपछि सडक भा“सिएको हो । अम्कोटबाट सदरमुकाम मार्तडी पुग्न झण्डै १४ किलोमिटर दुरी छ । पारि कैलाशमाण्डौको पैमा क्षेत्रमा गएको पहिरोले बुडिगंगा नदीलाई वारि सडक खण्डतर्फ धकेलेपछि सडक भा“सिएको हो । सडक बढीमा २ मिटर मात्र बा“की छ । त्यो पनि चिराचिरा परिसकेका छ । शनिबारसम्म जीप र मोटरसाइकल जोखिम मोलेर वारपार गरिरहेका भएपनि अलि बढी वर्षा हुने बित्तिकै पुरै सडक जाने अवस्था रहेको जीप ब्यवसायी शुभास चौधरीले बताए ।

बस र अन्य ठुला साधनहरु वारपार हुन नसक्ने अवस्था भएपछि बल्देमै रोकिने गरेका छन् । त्यहा“देखि सदरमुकाम पुग्न यात्रीहरुलाई जिपहरुले सघाइ रहेका छन् । ‘सदरमुकामसम्मको बस यातायात अवरुद्ध भएकाले सारै सास्ती भएको छ’ मार्तडीका लालबहादुर बिकले भने ‘केही दिनमै पुरै सडक भा“सिएर बुढीगंगामा मिसिने निश्चित जस्तै छ ।’ त्यस स्थानमा अल्पकालिन भएपनि अन्य बैकल्पिक मार्ग खोल्न पनि सहज छैन । सडकको भिटापट्टि जति बिस्तार गरेपनि पहिरोले भेटाउने सम्भावना रहेकोले अप्ठेरो परिरहेको बडिमालिकाका नगरप्रमुख पदम बडुवाल बताउ“छन् । ‘अलि माथितिर एउटा घर र खेती योग्य भिरालो जग्गा छ’ उनले भने ‘आपतकालिन रुपमा त्यही ठाउ“बाट अल्पकालिन ट्रयाक खोल्ने विषयमा छलफल सुरु गरेका छौं ।’

बर्खा सिजनमा जहिल्यै सा“फे–सडक पहिरोको चपेटामा परेर बिग्रनेभत्कने गरेको छ । सदरमुकामसम्म सञ्चालन हुने ठुला सवारी तथा ढुवानीका साधनहरु जहिल्यै ठप्प हुने गरेका ब्यवसायी प्रकाश थापा बताउ“छन् । ‘बर्खामा सधै दुख पाइन्छ’ ब्यवसायी थापाले भने ‘अहिलेकै रुटमा सा“फे–मार्तडी सडक स्थायी हुने देखिएन् ।’

वर्षायाममा सा“फे–मार्तडी सडक खण्डमा यातायातका साधन मात्रै ठप्प हुदैनन् । पैलद यात्रापनि उत्तिकै जोखिम हुने गरेको छ । जताततै माथिबाट पहिरो खसेको खस्यै हुन्छ । बल्देखेखि मार्तडीसम्मको खण्डमा अत्यधिक जोखिम रहेको छ । ‘माथिबाट पहिरो खसेको खस्यै हुन्छ’ कोल्टीका हर्क रोकायाले भने ‘पैदल हिड्न पनि उस्तै जोखिम हुन्छ ।’ द्धारीमा सडक भा“सिएकाले मार्तडीतर्फ रहेका ठुला सवारी तथा ढुवानीका साधनहरु उतै थन्किएका छन् । तत्काल अर्को ट्रयाक खोल्ने तयारीसमेत पुरा नभएकाले आफुहरु मर्कामा परेको सवारी तथा ढुवानी धनीहरुले बताएका छन् ।