बाजुरामा बन्यजन्तु चोरी शिकार गर्ने हतियारसहित पक्राउ

बाजुरामा बन्यजन्तु चोरी शिकार गर्ने हतियारसहित पक्राउ

१० पुस (बाजुरा)
बाजुरा प्रहरीले वन्यजन्तुको चोरी शिकारमा संलग्न ७ जनालाई बुढिनन्दा नगरपालिकाको पाण्डुसेनबाट हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्ने बुढिन्नदा नगरपालिका ८ का ५९ वर्षीय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामी, १९ का पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वीबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उनीहरुबाट ४ थान भरुवा बन्दुक बरामत गरेको छ। बल बहादुर बोहरा, दले कामि, कबिन्द्र बोहरा र मनिचन्द्र बोहराबाट एक एक थान भरुवा बन्दुक बरामत गरेको डिएसपी उद्धब सिं भाटले जानकारी दिए।
साथै प्रहरीले कबिन्द्र बोहराको घरबाट अवैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला बरामत गरेको छ । जंगली जनवार थारा, घोरल, रतुवाको छाला ५ थान फेला पारेको छ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर छानबिन शुरु गरेको छ । पक्राउ परेका ७ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरि कानुनी कार्वाही अगाडी बढाएको छ। उक्क्त कानुनमा ५ बर्ष सम्म कैद र ५० हजार जरिवानाको ब्यबस्था रहेको छ।