बाजुरामा घट्दै छाउ प्रथा

बाजुरामा घट्दै छाउ प्रथा

शर्मिला रोकाया, १५ माघ (बाजुरा)
बाजुरामा पछिल्लो समय छाउपडी प्रथा हट्दै गएको छ । महिलाहरु महिनावारी भएको बेला पहिले घर भन्दा टाढाँको गोठ, ओडार वा पालमा बस्थे । आजकाल आपm्नै कोठामा बस्ने चलन बढेको छ । महिनावारी हुनु कुनै पाप नभई प्राकृतिक प्रकृया भएकाले यस्तो बेला आराम र सरसफाइ गर्नुपर्छ भन्ने धारणा गाउँघरमा बढ्दै गएको छ ।
महिनावारी भएका महिलाहरुले दुध,दही खानु हुन्न, गाईभैसी बिग्रिन्छन, देवीदेवता रिसाउँछन् भन्ने डर हुन्थ्यो । अहिले त्यो भावना र त्राससमेत हट्दै गएको रुगीनकी प्रमिला बुढाले बताइन् । गाउँ समाज र बुढापाकाले पनि उनीहरुलाई बाध्य गर्न छाडेको प्रमिलाले बताइन् । पहिला त सारै कठिन हुन्थ्यो । घरको आँगनमा पनि टेक्नु हुन्न, छाउ भएको बेला अनुहारसमेत देखाउनु हुन्न, कसैले यात्राका बेला छाउपडी देख्यो भने अलच्छिन हुन्छ भन्ने मान्यता थियो उनले भनिन् अहिले त्यसतो धारणा र व्यवहार धेरै ठाउँमा हटिसकेको छ ।
पहिला महिलाहरु महिनावारी भएकाबेला चार पाँच दिन छाउ बार्थे । सार्वजनिक पानीका धारामा पस्न पाइदैथ्यो । घरदेखि टाढा बनाइएका अप्ठेरा गोठहरुमा असुरक्षित रुपमा सुत्नु पथ्यो । अहिले त्यो समस्यासमेत हटेको उनले बताइन् ।
यतिबेला गाेठ भएका ठाउँमा गाउँपालिका, नगरपालिका, सुरक्षाकर्मी, विभिन्न संघसस्थाका प्रतिनिधिहरु छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेका छन् ।