बल भन्दै खेलाउँदा विस्फोट

बल भन्दै खेलाउँदा विस्फोट

सुदीप थापा, २५ बैशाख (धनगढी)
कञ्चनपुरमा विष्फोटक पदार्थ पटकिदा एक जना बालक घाइते भएका छन् । महाकाली नगरपालिका–३ दोधाराका ९ बर्षीय बालक महेन्द्र नेपाली घाईते भएका हुन् ।
शान्ति टोलको पटेराघारीमा खेल्न गएको अवस्थामा एउटा डोरीले बटारीएको बल जस्तो बस्तु भेटिएको त्यस्लाई खेलाउदा हातमै पटकिएकोे बालक महेन्द्रले बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले उक्त बस्तु बम नभई लो एक्सक्लोसिभ बस्तु भएको बताए । घटनाको अनुसन्धान भईरहेको उनले जानकारी दिए । घाईतेको धनगढीको निर्सग अस्पतालमा उपचार भईरहेको छ ।
करिब १२ बजे उनलाई अस्पतालमा ल्याईएको र बायाँ हातको दोस्रो औला बचाउन नसकिने अवस्थामा रहेको अन्य औंला ठिक रहेको र दायाँ हातको एउटा हड्डीमा चोट लागेको निर्सग अस्पतालका हार्डजोर्नी विशेषज्ञ डा. श्रीराम खातीले जानकारी दिए । अहिले बालकको उपचार भईरहेको र अन्य अवस्था सामान्य रहेको जानकारी दिए ।