बलात्कृत बालिका समस्यामा
सुदीप थापा, ६ पुस (धनगढी)
तीन दिनअघि बलात्कृत भएकी कञ्चनपुरकी १५ बर्षीया बालिका धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको शरीर र अनुहारभरि घाउचोट छ । उनलाई थप उपचार र संरक्षणको आवश्यकता रहेको छ ।
पीडक पक्षले घरमा पनि धम्की दिइरहेको पीडित बालिकाका अभिभावकले बताए ।
दश कक्षामा अध्ययनरत ती बालिकालाई गाउकै अनिल ऐरीले बलात्कार गरेको बालिकाकी दिदीले बताइन् । दोस्रो दिन उनी खेतमा भेटिएकी थिइन् । प्रहरीलाई उजुरी दिएको र मेडिकलसमेत गरिएको उनीहरुले बताए ।