बर्दिया र बाँकेलाई कर्णालीमा गाभ्न कसरत
१० पुस (नेपालगन्ज)
हाल प्रदेश नम्बर ५ अन्तर्गत रहेका बाँके र बर्दियाका राजनीतिक दल र नागरिक समाजले यी जिल्लालाई कर्णाली प्रदेशमा गाभिने कसरत सुरु गरेका छन् । सो प्रदेशमा बसेर जिल्लाको विकास नहुने उनीहरुको निस्कर्ष छ । प्रदेश नम्बर ५ को स्थायी राजधानी तोक्न अन्यौल भईरहेको छ। बाँके र बर्दियालाई कर्णालीमा गाभ्न संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बाहेक अन्य सबै दल एकमत छन् ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवल हुँदा बाँके र बर्दिया हरेक हिसाबले बञ्चित हुनु परेको र स्थायी राजधानी दाङभन्दा पूर्व तोकिएमा बाँके र बर्दियाबासीलाई अपायक पर्ने भन्दै प्रदेश ५ मा रहनुको औचित्य नरहेको निस्कर्ष उनीहरुको छ ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कानुनी रुपले त्यति सहज भने देखिदैन। तथापी, राजनीतिक सहमती भएमा असम्भव नभएको कानुन क्षेत्रका विज्ञ बताउँछन्। यसका लागि स्थानीय, प्रदेश र संघीय संसदले स्वीकृति दिनुपर्छ ।