बझाङका २ ठाउँमा हेल्थ डेस्क
२६ फागुन (धनगढी)
जिल्ला स्वास्थ्य कार्यालय बझाङले जिल्लाका २ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । जिल्ला अस्पताल र बित्थडमा डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताएका छन् ।
जिल्ला अस्पतालमा गत साता हेल्थ डेस्क स्थापना गरिएको हो । बित्थडचीर गाउँपालिकाको सहकार्यमा बित्थडमा मंगलबारसम्म हेल्थ डेस्क सञ्चालनमा आइसक्ने जोशीले बताए । झुलाघाट नाका हुँदै जिल्ला आउनेहरुलाई लक्षित गरी त्यहाँ डेस्क स्थापना गर्ने तयारी भएको उनले बताए ।