फेरि कड्किए भीम रावल

फेरि कड्किए भीम रावल

५ मंसिर (काठमाडौ)
नेकपा स्थायी कमिटिको बैठक चलिरहेकै बेला राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार केही स्थायी कमिटी सदस्यहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि भीम रावल बैठकमै कड्किएका छन् । राष्ट्रपति भण्डारीले शनिबार स्थायी कमिटि समदस्यहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेल लगायतलाई शीतल निवास बोलाएर करिब २ घण्टा छलफल गरेकी थिइन् ।
बैठक सुरु भएको करिब एक घण्टापछि राष्ट्रपतिलाई भेटेर उनीहरु एकै साथ बैठक कक्षमा प्रवेश गरेका थिए । त्यसपछि बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष प्रचण्डले उनीहरुलाई स्पष्टीकरण सोधेका थिए । जवाफमा प्रदीप ज्ञवालीले पूर्व निर्धारित छलफल भन्दै माफि मागेका थिए । तर भीम रावलले भने चित्त बुझाएनन् । रावलले राष्ट्रपतिले यस ढंगका भेटघाट गर्नु उचित हो कि हैन भन्नेबारे छलफल गरौँ भन्दै कड्एिका थिए । जवाफमा ज्ञवालीले अन्य विषयमा छलफल हुन सक्ने तर राष्ट्रपतिको मामिलमा यहाँ छलफल हुन सक्दैन भन्ने प्रतिजवाफ दिएका थिए । त्यसपछि रावल लगायत अन्य सदस्यहरुले पनि राष्ट्रपति संविधान भन्दा माथि हो र ? उहाँकोबारेमा छलफल हुन नसक्ने भन्दै प्रश्न वर्षाएका थिए । स्थितिलाई सामान्य बनाउन दाहालले त्यस विषयलाई यहीँ रोकौँ र अन्य विषयमा छलफल गरौँ भन्दै बैठकलाई अगाडि बढाएका थिए ।
राष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाइरहेको आरोप यसअघि देखि नै लाग्दै आएको छ । एक महिनाअघि मंसिर चार गते प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिनु पहिले र मन्त्रीपरिषद् पुनर्गठनको निर्णय सार्वजनिक गर्नु पहिले पनि राष्ट्रपति भण्डारीले अध्यक्ष केपी शर्मा ओली र दाहाललाई शितल निवास बोलाएर छलफल गरेकी थिइन् ।