फुलबारीमा बन्ने भो ट्राफिक भवन
सुदीप थापा, २९ माघ (धनगढी)
धनगढी उपमहानगरपालिका ११ फुलबारीमा अस्थायी ट्राफिक प्रहरी पोस्टको २ कोठे भवनको शिलन्यास गरिएको छ ।
बुधवार सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रदेशसभामा विधायन तथा संसदीय मामिला समितिका सभापति नेपालु चौधरी र प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले संयुक्त रुपमा भवनको शिलन्यास गरेका हुन् । स्थानीय निकाय र त्यस क्षेत्रका बासिन्दाको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक सरोज ठकुराठीले बताए ।
भवन शिलन्यासका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को वडा कार्यालयवाट विद्यार्थी, अविभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले ट्राफिक जनचेतना तथा सुरक्षा सम्बन्धि नारासहित बजार परिक्रमासमेत गरिएका थिए ।