फरार कैदी १५ बर्षपछि पक्राउ
६ पुस (धनगढी)
कर्तब्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको आदेशले २१ बर्ष ६ महिना कैद सजाय तोकिएका कैलाली साविक लालबोझी गाबिस ७ भई हाल भजनी नगरपालिका ५ बस्ने दिल बहादुर साउँद पक्राउ परेका छन् ।
कैलाली कारागारमा कैद भुक्तान गरी रहेका उनी तत्कालीन माओवादीले ०६१ माघ २७ गते राती कैलाली कारागार आक्रमण गर्दा भागी फरार भएका थिए । उनले भारतबाट आधार कार्ड समेत बनाएर बस्दै आएको थिए । आइतबार ईप्रका भजनीबाट खटिएको संयुक्त टोलीले भजनी नगरपालिका ५ बाट पक्राउ गरी थप कैद असुल उपर कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराएको छ जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।