प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप, विप्लवका जिल्ला इन्चाजको मृत्यु
काठमाडौँ । सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप भएको छ । झडपमा परेर ‘विप्लव’ समुहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलका अनुसार लालबन्दी नगरपालिका–१ , लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज क’मार पौडेल मारिएका हुन् ।