प्रभु बैंकद्धारा विपन्न परिवारका लागि खाद्यान्न सहयोग

प्रभु बैंकद्धारा विपन्न परिवारका लागि खाद्यान्न सहयोग

पुस्कर सिंह, २७ चैत (अत्तरिया)
प्रभु बैंक लिमिटेड अत्तरिया शाखाले लामो समयको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा अति गरिब परिवारलाई वितरण गर्ने गरी गाेदावरी नगरपालिकाकाे कार्यालयलाइ विहीबार खाद्यान्न सहयोग गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन जारी राखेपछि विपन्न परिवारहरु छाक टार्नै कठिनाई भोगिरहेका छन् । कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका दैनिक छाक टार्ने समस्या झेलिरहेका परिवारलाई उपलब्ध गराउने गरी राहत स्वरुप बिहीबार बैंकले ७ क्विन्टल चामल, १ क्विन्टल मासको दाल, १ क्विन्टल नुन र १ पेटी तेल गरी करिब ५० हजार बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरेको बैंकका अत्तरिया शाखा प्रबन्धक हर्क बहादुर सिंहले बताए ।
यसअघि बैंकको केन्द्रिय कार्यालयले एक करोड १ लाख रुपैया सहयोग गरेको थियो । साथै संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत सुदुरपश्चिम प्रदेशमा पठाएको ५ लाखबाट प्रदेशका १० वटा शाखाहरुले बिहिबार नै सम्बन्धीत स्थानिय तहलाई खाद्यान्न सहयोग गरेको उनले बताए ।