प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भिर
१६ कार्तिक (काठमाण्डौं)
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सिकिस्त नभएपनि स्वास्थ्य अवस्था भने गम्भिर रहेको बताएका छन् । उनले केही रिपोर्ट आउन बाँकी भएकाले थप उपचारको बारेमा निर्णय नभएको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले नै आप्mनोे स्वास्थ्यस्थितिको बारेमा जानकारी गराउनु भएको छ’, प्रवक्ता श्रेष्ठले भने, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सिकिस्त नभए पनि केही गम्भीर समस्या देखिएको छ । त्यही कारण चिकित्सकले परीक्षण गरिरहेका उनले बताए । सबै रिपोर्ट प्राप्त भएपछि उपचारको बारे थप निर्णय हुने उनले बताए ।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । प्रम ओलीले आफूलाई मिर्गौलाले दुःख दिएको भन्दै सचिवालय सदस्यलाई ब्रिफिङ गरेका हुन् ।