प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

२१ फागुन (काठमाण्डौं)
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।
शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको शल्यक्रिया तथा मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यसको औपचारिक जानकारी भने पत्रकार सम्मेलन गरेर दिने तयारी रहेको अस्पताल स्रोतले जनाएको छ ।