प्रदेश सरकारले आईसोलेसन कक्ष स्थापना गर्दै
९ चैत (धनगढी)
सुदूरपश्चिम सरकारले धनगढीमा आईसोलेसन कक्ष स्थापना गर्न निर्माण प्रारम्भ गरेको छ । जिल्ला समन्वय समितिको मातहतमा रहेको कैलाली उद्योग वाणिज्य संघसँगै जोडिएको खाली जग्गामा ५० शैयाको आईसोलेसन वार्ड स्थापना गर्न थालिएको हो । आइतबारदेखि नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा आईसोलेसन कक्षका लागि टेण्ड गाड्ने काम सुरु भएको छ।