प्रदेश सरकारद्धारा जनहीतमा निर्णय

प्रदेश सरकारद्धारा जनहीतमा निर्णय

२७ चैत (धनगढी)
काेराेना भाइरस सक्रमणकाे उच्च जाेखिममा रहेकाे मानिएकाे सुदूरपश्चिममा प्रदेश सरकारले राेकथामका लागि प्रभावकारी निर्णय गर्न ढिलाइ गरेकाे गुनासाे बढ्दै गरेका बेला बिहीबार बसेकाे मन्त्री परिषाद्काे बैठकले गरेका निर्णयलाइ भने धेरैले प्रश‌शा गेका छन् । सरकारको बिहीबार बसेको बैठकले विपन्न परिवारलाई राहत उपलब्ध गराउनेदेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बीमा, भेन्टिलेटर खरिद, सुरक्षा निकायलाई रकम उपलब्ध गराउनेलगायतका निर्णयहरु गरेको छ ।
मन्त्रीपरिषदको बैठकले विपन्न परिवारलाई प्रतिपरिवार तीन हजार सहयोग गर्ने निर्णय गरको छ । त्यसका लागि १६ करोड विनियोजन गरिएको छ । उक्त रकम स्थानीय तहमार्फत वितरण गर्ने जनाइएको छ ।
यस्तै २० वटा भेन्टिलेटर खरिद गरेर ती भेन्टिलेटरहरु नौ वटै जिल्ला अस्पतालमा स्थापना गर्ने निर्णय पनि सरकारको छ । स्वास्थ्यकर्मी, सुरक्षकर्मी र सञ्चारकर्मीका लागि १५ लाखको बीमा गर्ने निर्णय पनि सरकारको छ । साथै अस्पतालमा विकास समिति मातहतका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ ।
नेपाली प्रदेशस्थित सुरक्षा निकायका मुख्यालयहरुलाई १५÷१५ लाख उपलब्ध गराइने भएको छ । उक्त रकम सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीले पाउने छन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार नौ वटै जिल्ला प्रशासन कार्यालयलाई पा“च पा“च लाखका दरले रकम उपलब्ध गराइने भएको छ ।
साथै प्रदेश तहमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, सुल्क र दस्तुरको अवधि बैसाख मसान्तसम्म थप गर्ने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ ।