प्रदेश सरकारको तयारी तिब्र
२५ फागुन (धनगढी)
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णयहरु गरेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आइतबार बसेको बैठकले हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका विरामी नदेखिएपनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय गरेको हो । सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरको छ । जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सुरक्षाकर्मी सहित उपस्थित बैठकले औषधी लगायत अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्ने र औषधीलगायत उपभोग्य सामग्रीमा हुनसक्ने कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयद्धारा नियमित अनुगमन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर बिष्टले जनाए ।
