प्रदेश प्रतिनिधिसहित उपप्रधानमन्त्री कालापानी क्षेत्रमा

प्रदेश प्रतिनिधिसहित उपप्रधानमन्त्री कालापानी क्षेत्रमा

५ फागुन (दार्चुला)
सुदूरपश्चिमका उपसभामुख निर्मला बडाल र प्रदेश सांसदसहित उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । उनी सोमबार विहान सेनाको हेलिकप्टरबाट व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र प्रस्थान गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्रमा प्रस्थान गरेका छन् ।