प्रदेश पर्यटन समिति विस्तार

प्रदेश पर्यटन समिति विस्तार

६ कार्तिक (धनगढी
नेपाल भ्रमर्ण वर्ष २०२० को प्रवद्र्धनका लागि सुदूरपश्चिम पर्यटन प्रर्वद्धन समितिमा सदस्यहरु थपगरि ९ वटै जिल्लाको प्रतिनिधित्व गराइएको छ । यसअघि केही कैलाली र कञ्चनपुरका सिमित प्रतिनिधिहरु मात्र रहेको १८ सदस्यीय उक्त समितिमा हाल ९ वटै जिल्लाको प्रतिनिधित्व गराई ३६ सदस्यीय बनाइएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समितिको पूर्णतापछि पहिलो बैठक शुक्रबारका लागि बोलाएको मन्त्रालयले जनाएको छ । थप भएका सदस्यहरुमा अछामबाट रमेश कुँवर र मोलिकला चलाउने, बैतडीबाट नरबहादुर चन्द र गोकर्ण दयाल, बाजुराबाट नीरबहादुर शाही, दार्चुलाबाट मंगलसिंह ठगुन्ना, डोटीबाट खगेन्द्र साउँद र गणेशदत्त भट्ट रहेका छन् । यस्तै डडेलधुराबाट विनोद जोशी, कञ्चनपुरबाट पदम भट्ट र नरेन्द्र कुँवर, बझांगबाट लक्ष्मी बुढा र कटकबहादुर कठायत, कैलालीबाट कर्ण कुँवर, प्रकाश भट्ट, सुर्य थापा र रंग अधिकारी रहेका छन् ।
पर्यटन मन्त्रीको अध्यक्षतामा रहने उक्त समितिमा यसअघि रहेका १८ जनामा उद्योग बाणिज्य संघ कैलाली, कञ्चनपुर र डडेलधुराका अध्यक्ष, कञ्चनपुरका परमानन्द भट्ट र कल्पना गैह्रे, कैलालीका कलम बम, गोपी हमाल, सञ्जय चौधरी, मायाप्रकाश भट्ट, शुवास शाही, धर्मराज पाठक, चन्द्र बिष्ट, मानबहादुर शाही र बझांगका किशोर खडका सदस्य रहेका थिए । समितिको संरक्षकमा मुख्यमन्त्री रहने ब्यवस्था रहको छ । यस्तै सहअध्यक्षमा पर्यटन राज्य मन्त्री र उपाध्यक्षमा प्रमुख सचिव छन् । सदस्य सचिवको कार्य पर्यटन मन्त्रालयका सचिवले निर्वाह गर्ने ब्यवस्था छ । समितिले भ्रमण वर्ष २०२० सफल पार्न विभिन्न निकायसंग सहकार्य गरी कार्य सञ्चालन गर्ने छ ।