प्रदेशसभाबाटै भिडियो कन्फ्रेन्स गर्न सकिने
सुदीप थापा, २७ पुस (धनगढी)
सुदुररपश्चिम प्रदेशसभाले भिडियो कन्फ्रेन्स गर्नसक्ने गरी डिजिटल उपकरणहरु स्थापना गरेको छ । सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लासंग प्रदेशसभाको सम्बन्ध स्थापना गर्न भिडियो कन्फ्रेस गर्न सकिने बताएका छन् । आईतवार प्रदेशसभा सचिवालयमा आयोजित पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममार्फत प्रदेशसभाका गतिविधिहरुबारे जानकारी गर्दै संसदीय गतिविधिका साथै कानुन निर्माणका सवाल जनताको माझमा लैजान तथा अन्तरक्रिया गर्न सजिलो होस् भन्ने उद्देश्यले ९ वटै जिल्ला समन्वय समितिको कार्यालय र प्रदेशसभा भिडियो कन्फ्रेन्समा जोडिने व्यवस्था मिलाइएको बताए ।
हालसम्मका प्रमुख उपलब्धीहरुबारे चर्चा गर्दे सभामुख थापाले प्रदेशसभा स्थापनाको २ वर्ष अविधमा प्रदेशको नामाकरण गरी प्रदेश राजधानी तोक्न सफल हुनुका साथै सवैधानिक जिम्मेवारी कुशलतापूर्वक समयमै सम्पन्न भएको बताए ।
प्रदेशसभाको पुर्वाधार विकास गर्ने क्रममा (नेकपा) को संसदीय दलको कार्यालय र राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको कार्यालय भवनको निर्माण गरी कार्यालय सञ्चालन भइसकेका बताए । प्रदेशसभा बैठकमा सूचना सम्प्रेशण गर्न सहजताका लागि सभाहल नजिकै मिडिया सेन्टरको स्थापना गरिएको, सभामुख कार्यकक्षमा डिस्ष्ले जडान गरिएको जस्ले गर्दा प्रदेशसभा भित्रका सवै बैठक गतिबिधिको जानकारी सहज ?पमा हने बताए । पाचौं अधिवेशन देखि आवश्यकता हेरी प्रदेशसभा सञ्चालनको प्रत्यक्ष प्रशारण गर्न युटुब लाईभको आवश्यक प्रविधि जडान गरिएको जानकारी दिए । यस्तै सभाहलभित्र आवश्यक विभिन्न उपकरणहरुसमेत फेरिएको उनले जानकारी दिए ।
इलाईब्रेरीको व्यवस्था मिलाउने प्रक्रिया अगाडी बढेको उनको भनार्य छ । आगामी माघ ६ गते प्रदेशसभाको पाँचौ अधिवेशन सुरु हुदैछ । हालसम्म ३२ वटा कानुनहरु प्रदेशसभाले निर्माण गरिसकेको छ ।