पेशागत वीमा अभिकर्ता संघ शाखा गठन
सुदीप थापा, १८ माघ (धनगढी)
शनिवार सुख्खडमा एक कार्यक्रम आयोजना गरी पेशागत वीमा अभिकर्ता संघ नेपाल एशियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड वीमक समिति धनगढी टिकापुर शाखा गठन गरिएको छ ।
समितिको अध्यक्षमा तेज बहादुर खातीसहित ११ सदस्य रहेका छन् । उपाध्यक्षमा भगवतीप्रसाद चौधरी, सचिवमा डम्मरा कुमारी दियाकोटी, कोषध्यक्षमा लिलाधर न्युरे, सहसचिवमा टेक बहादुर बुढा, सदस्यमा नविन महतो, नवल सिं दास, तारा बोहरा, धन बहादुर मगर, हेकेला सुनार, जगत बोहरा सर्वसम्मत चयन भएका छन् । त्यस्तै शाखामा प्रमुख सल्लाहकारमा संघका केन्द्रिय सदस्य कर्ण ब. हमाल, प्रभु रिमाल, बद्री प्रसाद भट्टराई चयन भएका छन् ।
पेशागत विमा अभिकर्ता संघ नेपाल एशियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड विमक समितिका केन्द्रिय अध्यक्ष दामोदर लामिछोनको प्रमुख आतिथ्यमा र केन्दिय सदस्य कर्ण बहादुर हमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।