पुग्ने कता हो कमरेडहरु ?

पुग्ने कता हो कमरेडहरु ?

नेकपाकै जिल्ला स्तरीय नेता उषाकिरण तिम्सिनाले इश्वर पाेखरेललाइ कोइरालाको नियुक्तिलाई लिएर लज्जा पनि लजाउँदैन र ? भनेर प्रश्न गरेकी छन् । उनले सार्वजनिक सम्पत्ति कथित नेताहरुको बिर्ता बनाउन खोजेको हो भन्दै नेताहरुलाई प्रश्न तेस्र्याएकी छन् ।
‘यसरी त लज्जा पनि लजाउँदैन र ?! के सार्वजनिक सम्पत्ति कथित नेताहरुको बाको बिर्ता हो ? लाखौँ जनताको रगत र पसिनामाथि जबाफदेहिता र पारदर्शिता हुन पर्दैन ?’ भन्दै उनले के एउटै व्यक्ति ५ ठाउँमा, १० ठाउँमा जिम्मेवारीका लागि योग्य र लायक हुन्छ ?’ भन्दै प्रश्न गरेकी छन् ।
उनले राजनीतिमा नैतिकताको ठूलो मूल्य हुने भन्दै सधैँ लुटिरहने हो ? भनेर नेताहरुलाई सोधेकी छन् ।
‘कति आलोचना मात्रै गर्नु ?! भनेर चुप लागेर बस्यो, एकपछि अर्को काण्डबाहेक केही हुन्न ? पुग्ने कता हो कमरेडहरु ? कति भए हजुरहरुलाई पुग्छ ?! यो तरिकाले कहाँ पुगिन्छ ? जबाफ चाहियो ?! अति भयो’, उनले अति भएपछि आफू लेख्न बाध्य भएको सङ्केत गरेकी छन् ।
अर्का सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता नरेश न्यौपानेले त मङ्गलबार आफ्नो फेसबुक वालमा पोखरेललाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘जबजको स्प्रिटमा स्कुल विभागको नेतृत्वले सम्धीलाई ७औँ पटक नियुक्ति दियो । केको आपत्ति ?’
न्यौपानेले त्यति मात्रै लेखेका छैनन्, उनले पोखरेलले २०५१ सालदेखि अहिलेसम्म खाएका नियुक्तिको नालीबेली नै पोस्ट गरेका छन् ।