पारिश्रमिकबाट विद्यार्थीलाई छात्रवृत्ति

पारिश्रमिकबाट विद्यार्थीलाई छात्रवृत्ति

सुदीप थापा, १२ पुस (धनगढी(
विद्यालयको बार्षिकोत्सव कार्यक्रममा त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले आफुले पाउने बर्षे बिदाको पारिश्रमिकबाट विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीलाई छात्रवत्ति प्रदान गरेका छन् ।
उनले ४ जना विद्यार्थीलाई जनही ६ हजारका दरले चात्रवृत्ति उपलब्ध गराएका हुन् । उक्त छात्रवृत्ति कक्षा ८, ९, १० मा विद्यालयबाट उत्कृष्ट हुने विद्यार्थीलाई उपलब्ध गराउने गरेको उनले बताए ।