पारस शाह परिवारबाट बहिष्कृत
२९ असोज (काठमाण्डौं)
पूर्व युवराज पारस परिवारबाट केहि महिनादेखि बहिस्कृत छन् । लामो समयदेखि उनको पत्नी हिमानीसँग सम्वन्ध बिग्रेको छ । श्रोतका अनुसार परिवारका अन्य सदस्यहरुसंग पनि भेटघाट छैन ।
केही समय थाइल्यान्डमा थाई युवतीसँग प्रेममा परेका पारस पछिल्लो समय युट्युबर सोनिका रोकायसित निकट भएको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ ।
पारसले आफ्नो मोटरसाइकलमा सोनिकालाई राखेर कुदेको देखिन्छ ।
यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा विभिन्नथरी प्रतिक्रिया आइरहेका छन् । यस घटनाले पारसप्रति आक्रोस बढ्दो क्रममा छ ।
सोनिकाले त्यस्तो नकारात्मक केही नभएर आफुहरु दुई जना राम्रो साथी मात्र रहेको दावी गरेकी छिन । ‘उहाँ देशभक्त र एकान्त मन पराउने मान्छे हुनुहुन्छ । मिडियामा आएका समाचारप्रति मेरो र पारस सरकारको चित्त दुखाई छ’ उनले भनेकी छिन् ‘उहाँले भेटौं भनेपछि पोखराको एउटा क्याफेमा म गएको थिएँ । क्याफेको नाम मलाई याद भएन । भेटघाट र खाजा खाईसके पछि म निस्कन खोजेँ । पारस सरकारले ‘मेरो बाईकमा बस, म पुर्याई दिन्छु’ भनेपछि म क्याफेमा बिल तिर्न थालेँ । उहाँले बाईक स्टार्ट गर्नुभयो । म उहाँको मोटरसाईकलमा चढेर आफ्नो बाटो लागें । भएको यत्ति हो ।’