नेपाल -चिन सिमानामा ५.९ म्याग्निच्यूडको भुकम्प
नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो।
भुकम्प पछी काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका सहित आसपासका धादिङ, गोरखा, काभ्रेमा पनी महसुस भएको छ।
हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।