नेकपा महाधिवेशन आउँदो वर्ष

नेकपा महाधिवेशन आउँदो वर्ष

३० मंसिर (काठमाण्डौं)

एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्धारा प्रस्तुत प्रतिवेदनमा अध्यक्ष दाहालले पार्टीको तीनमहिने कार्ययोजना प्रस्तुत गरेका छन् । आउँदो माघ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने र त्यस बैठकले तीनमहिने ठोस कार्यक्रम निर्धारण गर्नुपर्ने प्रस्ताव छ । फागुन र चैतमा सातवटै प्रदेशमा जनसभा गर्ने र ती सभामा प्रदेश र केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने, केन्द्रीय कमिटी बैठकलगत्तै संगठन विभागले सदस्यहरूको अभिलेख राख्ने र उनीहरूबाट लेबी उठाउन सुरु गर्ने कार्ययोजना पनि प्रतिवेदनमा छ । अध्यक्षद्वयले आउँदो वर्षको अन्त्यसम्ममा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । ‘०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी विभाग, जनवर्गीय संगठन र अन्य सबै मोर्चालाई व्यवस्थित पार्न जोड दिइनेछ,’ प्रतिवेदनमा लेखिएको छ ।