नेकपा बैठकमा सरकारको चर्को आलोचना
३ पुस (काठमाण्डौे
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा नेताले चर्को आलोचना गरेका छन् । पूर्वमाओवादी समूहका कतिपय नेताले पार्टी्भित्रको बढ्दो अराजकता अन्त्यका लागि केन्द्रलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेताहरुले सरकारी कामको आलोचना गरेका हुन् । उनीहरुले नेतृत्वले विधान मिच्दै आएको र अमेरिकन सहयोग एमसिसी (मिलिनियम च्यालेन्ज कम्प्याक्ट) का कारण सरकार बदनाम भएको बताए । उनले एमसिसीलाई राष्ट्रिय हितको पक्षमा हुने सुनिश्चितताको अवस्थामा मात्र अघि बढाउन उपयुक्त हुने धारणा राखेका छन् । नेताहरू मातृका यादव र हरिबोल गजुरेलले पार्टी्भित्र गुटबन्दी, अनुशासनहीन र अराजकता बढेका कारण कडाइका साथ नियन्त्रणका लागि नेतृत्वलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए ।